इंग्ल्यान्डका पूर्व विंगर थियो वालकोटले लिए फुटबलबाट सन्यास

काठमाडौँ- इंग्ल्यान्ड तथा आर्सनलका पूर्व विंगर थियो वालकोटले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
इंग्ल्यान्डका लागि ४७ खेल तथा विभिन्न क्लबका लागि ५ सय ६३ खेल खेलेका वालकोटले ३४ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएको स्काइ स्पोर्ट्सले जनाएको छ ।
गत सिजन इंग्लिस क्लब साउथाम्पटनबाट खेल्दै विदा भएका वालकोटले सन्यासको घोषणा गरेका हुन् ।
यसअघि उनी बर्नमाउथ तथा लिग वान क्लब रिडिङमा जाने चर्चा चलिरहेको थियो ।
वालकोटले विभिन्न खेलमा गरी १ सय २९ गोल गरेका छन् ।
उनले इंग्लिस प्रिमियर लिगमा आर्सनल, एभर्टन र साउथाम्पटनका लागि ३ सय ९७ खेलमा ८० गोल गरेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया