विश्वकप छनोटका लागि नेयमार ब्राजिलको टिममा

काठमाडौँ- २०२६ को फिफा विश्वकप फुटबल छनोटका लागि ब्राजिलले नेयमारलाई टिममा समेटेको छ ।
विश्वकप छनोटअन्तर्गत बोलिभिया र पेरुविरुद्धको खेलका लागि ब्राजिलले नेयमारलाई टिममा समेटिएको ब्राजिलियन फुटबल कन्फेडेरेसनले जनाएको छ ।
३१ वर्षीय फरवार्ड नेयमारले यसै हप्ता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर साउदी अरेवियन क्लब अल-हिलालमा अनुबन्ध भएका हुन् ।
विश्वकप छनोटअन्तर्गत ब्राजिलले सेप्टेम्बर ८ मा बोलिभियाको सामना गर्ने छ । त्यसको चार दिनपछि पेरुविरुद्ध खेल्ने तालिका रहेको छ ।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया