किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरे : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् ।
शनिबार काठमाडौँमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रीवितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।
उनले संघीय सरकारले मल भित्र्याउने मात्रै गरेको वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रीको जिम्मा दिँदा गडबडी भएको उनले बताए ।
मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफूहरू सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिब नियन्त्रणमा आएको दाबी गरे । उनले खेती योग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।
उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गरे । उनले सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताए ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया