कोभिडले पूर्वसांसद नरेन्द्र बस्नेतको मृत्यु
भोजपुर : भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन् ।
पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् । रासस

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया