धान आयात रोक्न जग्गा बाँझो राख्न हुन्न : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन् । देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए ।
समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए ।
सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताए । किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको उनको भनाइ थियो ।
यसैबीच नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन समाजवादी सहकारी स¬ङ्गठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवप्रसाद दङ्गाल निर्वाचित भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सहकारी सञ्चालकको भेलाले दङ्गालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो ।
सो कमिटीको उपाध्यक्षमा निरु खरेल, सचिवमा वसन्त माली, कोषाध्यक्षमा नरबहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन् । रासस

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

प्रतिक्रिया