बार्सिलोना जाँदै अग्वरो

काठमाडौँ : म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो स्पेनी ला लिगा फर्कने भएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अग्वेरो बार्सिलोनासँग अनुबन्धित हुने बताएका हुन् ।
पछिल्लो समय अग्वेरो सिटीको प्रमुख स्ट्राइकर रहन सकेका थिएनन् । अग्वेरोले लिगका आधा खेल चोट र कोभिड-१९ संक्रमणमा परेका कारण गुमाएका थिए । उनले जम्मा १२ खेल खेल्न पाए । त्यसमध्ये पनि सात खेलमा मात्रै पहिलो एघारमा परे ।
सन् २०११ मा सिटी आएका अग्वेरोले क्लबका लागि ३ सय ८९ खेल खेल्दै २ सय ३७ गोल गरेका छन् । १० वर्षको सिटी बसाईमा अग्वेरोले पाँच पटक इंग्लिस प्रिमियर लिग जित्न सफल भए ।
‘अग्वरो बार्सिलोना जाँदैछन् । उनले सर्वकालिन महान खेलाडी लियोनल मेस्सीसँग खेल्ने मौका पाउँदैछन् । सायद यो अहिले सम्म रहस्यमै थियो,’ आइतबार एभरटनसँगको खेल ५-० ले जितेपछि ग्वार्डिओलाले भने । सो जितमा अग्वरोले दुई गोल गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया