प्रतिनिधिसभाको आगामी बैठक सहज रूपमा सञ्चालन हुन्छ : माधव सापकोटा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका छन् ।
आइतबार संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरूबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका हुन् । उनले एमालेले सधैं अडान लिएर मात्रै नहुने भन्दै सोमबार बस्ने दलहरूको बैठकमा केही न केही सहमति हुने उल्लेख गरे ।
सापकोटाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्ने र सिआइबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे ।
सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया