संसद् नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।
देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराउनुपर्ने नेता कोइरालाको भनाइ थियो । उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए ।
नेता कोइरालाले भने, ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । प्रतिपक्षले यो दुनियाँको नियम हो । संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’
नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने दोहोर्याए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया