आयरल्यान्डलाई हराउँदै भारतले जित्यो टी-ट्वान्टी सिरिज

काठमाडौँ- भारतले दोस्रो खेलमा आयरल्यान्डलाई हराउँदै तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै जितेको छ ।
आइतबार राति आयरल्यान्डको डब्लिनमा भएको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा भारतले आयरल्यान्डलाई ३३ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको थियो । भारतका लागि रुतुराज गायकवाडले सर्वाधिक ५८, सन्जु स्यामसन ४० र रिन्कु सिंहले ३८ रन बनाए ।
आयरल्यान्डका लागि ब्यारी म्याककार्थीले सर्वाधिक २ विकेट लिए ।
जवाफमा ब्याटिङमा उत्रेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन मात्र जोड्यो । ओपनर एन्ड्रयू बालबर्नीले आयरल्यान्डका लागि ७२ रन जोडे पनि जित दिलाउन सकेनन् ।
भारतका लागि कप्तान जसप्रित बुमराह, प्रसिध कृष्णा र रवि बिश्नोईले २-२ विकेट लिए ।
२१ बलमा ३८ रन जोडेका रिन्कु सिंह म्यान अफ दि म्याच भए ।
यसअघि पहिलो खेल भारतले २ रनले जितेको थियो । सिरिज जितिसकेको भारतले तेस्रो तथा अन्तिम खेल बुधबार खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया