तीन तहका सरकार एक अर्काको परिपुरक : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काको परिपुरक भएको बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन् ।
कर्णालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्याता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयाेजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत , मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ ।
प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया