संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो ।
श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए । यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो । उनीविरुद्ध तीन वटा उजुरी परेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

प्रतिक्रिया