नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा

काठमाडौं - सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।
यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया