एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भएको माधव नेपालको ठहर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन् ।
दुई दिनसम्म चलेको नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन् । उनले आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण सुनाए ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरू माथि दमन र अत्याचार हुने पनि बताए । त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरूलाई आग्रह गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया