पोखराको फिर्के खोलामाथि घरैघर

पोखरा- पोखरा महानगरपालिका-१८, अँधेरी कुनाबाट सुरु भएको फिर्के खोला पोखरा महानगरका ८ वटा वडा हुँदै बग्छ । ती वडामा खोला अतिक्रमण गरेर संरचना बनेको विषयमा चर्चा भएको धेरै भयो । नागरिक समाजले यस विषयमा विरोध पनि जनाउँदै आएको थियो । तर, अहिलेसम्म अतिक्रमण रोक्नुभन्दा पनि विभिन्न बहानामा बढेको थियो ।
२०३२ सालमै खोलाको नक्सा तयार भए पनि कार्यान्वयनमा गएको थिएन । २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि फिर्के नाप्ने भनेर तयारी थालिएको थियो । इन्जिनियर महेन्द्र गोदार संयोजकत्वमा गठित समितिले मापदण्ड ५ मिटर कायम गर्ने गरी २०७५ सालमा गरिएको नापीले फिर्के किनारका करिब २ सय घर भत्काउनुपर्ने तथ्यांक निकालेको थियो । तर, २०७५ पुस ६ मा बसेको महानगर कार्यपालिका बैठकले फिर्के, बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर कायम गर्ने निर्णय गरेको थियो । १० मिटरभित्र कति संरचना पर्छन् भन्ने तथ्यांक चाहिँ निकालिएको छैन । ५ मिटरको प्राविधिक रिपोर्टअनुसार १ सय ९२ घरटहरा मापदण्डविपरीत थिए ।
एउटा अध्ययन सकिएको ५ वर्ष नबित्दै पोखराले पुनः अर्को अध्ययन सुरु गरेको छ । सर्वेक्षक बासुदेव पौडेलको संयोजकत्वमा गठित समितिले खोलाको पुरानो आकार र खोला बगेको बाटो खोजेको छ । यसको सुरुआत गत साउन ३ गतेदेखि सुरु भएको थियो । एक महिनामा उक्त टोलीले आइतबार काम सकेको छ । पोखरा–१७, बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन कार्य पोखरा–१८ को अधेंरीकुनामा २ खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको सीमांकन कार्यको नेतृत्व गरेका महानगरपालिकाका सर्वेक्षक पौडेलले बताए ।
यो कामका लागि महानगरले महानगरपालिकाका सर्वेक्षक बासुदेव पौडेलको नेतृत्वमा काम गरेको थियो । आफ्नो नेतृत्वमा १८ प्राविधिक, ३ ओभरसियर, ८ कामदार, ७ नगरप्रहरी र ४ देखि ५ जना नेपाल प्रहरी दैनिक खटिएको सर्वेक्षक पौडेलले जानकारी दिए । भौगोलिक अवस्था, वर्षा, झाडी फाँड्दै नाप्नुपर्नेलगायत कारणले ढिला भएको टोली प्रमुख सर्वेक्षक पौडेलले बताए । समस्या नभएको भए अझ छिटो नापीको काम सकिने उनको भनाइ थियो ।
खोलाको वारि र पारि २ टोली बनाएर काम गरेको उनले सुनाए । पोखरा महानगरका इन्जिनियर सञ्जित प्रधानले खोलाको एक छेउ हेरेका थिए भने अर्को छेउ इन्जिनियर ईश्वर काफ्लेले हेरेका थिए । नापजाँचमा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै केही आक्रोश पोखेको सर्वेक्षक पौडेलले बताए ।
पौडेलले सीमांकन भएको क्षेत्रमा ५ सय ८४ पिल्लर तथा २ सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको बताए । उनका अनुसार नापजाँचमा १ सय ४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको पाइएको छ । ‘फिर्केमै बनेकामध्ये ३५ वटा संरचना पक्की घर छन् । त्यसैगरी ८७ कच्ची घर (झुप्रा) छन् जुन व्यक्तिका हुन्,’ उनले भने, ‘समाजघरहरू २५ वटा छन् ।’ अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको पूरै र केहीको आधा भाग परेको उनले बताए ।
प्रारम्भिक चरणको काम सकिए पनि प्रतिवेदन बनाएर महानगरलाई बुझाउन एक हप्ता लाग्ने उनले बताए । ‘हामीले नापीको काम आइतबार सक्यौं । सोमबार मेयर सा’वबाट धन्यवाद ज्ञापन थियो,’ उनले भने, ‘अब प्रतिवेदन लेख्न सुरु भएको छ । एक हप्तामा बुझाउने भन्ने कुरा छ । अब हेरौं के कस्तो हुन्छ ?’
नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले सीमांकन सकिनु खुसीको विषय भएको बताए । ‘पहिलो चरणको काम सकिएको छ । यो खुसीको कुरा हो,’ उनले भने, ‘अब कानुनी प्रक्रियाबाट खोलाको क्षेत्र निर्धारण गर्ने महानगरको जिम्मा हो ।’ यो कामका लागि नागरिक समाज साथ दिन तयार रहेको उनले बताए ।
महानगरले पहिलो चरणमा प्राकृतिक सिमाना छुट्याउने कार्य सकिएको पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । अब दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरण सुरु गर्ने उनले बताए । उनका अनुसार फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने छ ।
महानगरले यसलाई फिर्के करिडोरकाे रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ । सूचना निकाल्ने विषय र फिर्के खोलाको मापदण्ड कति कायम गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता तिम्सिनाले बताए ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_94MuSG1sYa_6dxtdnvn8morr77gd5sgov12wbcek6izcxwquvldfyu1acglioooymvc8zd9.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया