‘जेलर’ले कटायो ५ सय करोड, आफ्नै फिल्मको रेकर्ड पछ्याउँदै रजनीकान्त

मुम्बई- रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्स अफिसमा अपत्यारिलो व्यापार गरेको छ । फिल्म रिलिजको दोस्रो हप्तामै ५ सय करोड कमाउँदै यो चलचित्र तमिल चलचित्र उद्योगको सर्वाधिक कमाउने दोस्रो फिल्मको सूचीमा उभिएको छ ।
फिल्मले दोस्रो आइतबार मात्र १९ करोडको व्यापार गरेको थियो । यसमा १४ करोड रुपैँयाँ तमिलको घरेलु बजारबाट उठेको थियो भने ४ करोड तेलगुबाट कमाएको थियो । यसले हिन्दीमा भने ७० लाख कमाइ गरेको थियो । यसरी यो फिल्मले २ सय ८१ करोड भारतमाकमाइ गरेको छ ।
फिल्मले विदेशी बजारबाट २२ मिलियन अर्थात् १ सय ८० करोड कमाइ गरेको छ । यसरी कुल रकम मिलाउँदा फिल्मले ५ सय १० करोड कमाइ गरेको छ ।
यसअघि दोस्रो स्थानमा रहेको पोन्नियन सेल्भनलाई उछिन्दै ‘जेलर’ तमिलमा कमाउने फिल्मको सूचीको दोस्रो स्थानमा उक्लिएको हो ।
योसँगै रजनीकान्त आफ्नै फिल्मको रेकर्ड भत्काउने अभियानमा रहेका छन् । तमिलमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्ममा रजनीकान्तकै फिल्म ‘रोबोट’को दोस्रो भाग रहेको छ । यो फिल्मले विश्वभरबाट ७ सय ७६ करोड कमाइ गरेको छ । यो लगभग दस वर्षअघिको रेकर्ड हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया