के छ माधव नेपालकाे राजनीतिक प्रतिवेदनमा (पूर्णपाठ)
एमालेसँगको विद्रोहको औचित्य पुष्टि भयो : एकीकृत समाजवादी
काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् । मंगलबारदेखि सुरू भएको पार्टीको छैठौं केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले एमालेसँग एकीकृत समाजवादीबीच मूलभूत सवालमा भिन्नता रहेकाले विद्रोहको औचित्य पुष्टि भएको बताएका हुन् ।
‘हामीले विद्रोह मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध गरेका थियौँ,’ प्रतिवेदनमा लेखिएको छ, ‘अर्को शब्दमा भन्नुपर्दा विद्रोह प्रतिगमनका विरुद्ध गरेका थियौँ । प्रतिगमनलाई परास्त गरी जनवादी क्रातिका उपलब्धीको रुपमा रहेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधिसभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहका मुख्य लक्ष्य थिए । ती लक्ष्य प्राप्त गर्न हामी सफल भएका छौँ । प्रतिगमनलाई परास्त गरिएको छ ।’
प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनःस्थापित भएर पूर्ण कार्यकाल कृयाशील रहेको छ । संविधान क्रियाशील भएको छ र सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् । जनताले आफ्नो अधिकार प्रयोग गरी तीनै तहमा नया नेतृत्व चयन गरेका छन् । हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएनन् । यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।’
उनको राजनीतिक प्रतिवेदनमा पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण लगायत अन्य विषय उल्लेख गरिएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै बाँकी रहेकोसमेत नेपालले बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया