डुरान्ड कप : हैदराबादसँग हार बेहोरेको त्रिभुवन आर्मी समूह चरणबाट बाहिरियो

काठमाडौँ- भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताअन्तर्गत भारतको हैदराबाद एफसीसँग हार बेहोरेपछि नेपालको त्रिभुवन आर्मी फुटबल क्लब समूह चरणबाट बाहिरिएको छ ।
समूह ‘ई’ अन्तर्गत इन्दिरा जी एम सी बालयोगी एथलेटिक स्टेडियममा आज भएको खेलमा आर्मीले हैदराबाद एफसीसँग ३-० गोलले हार बेहोरेको हो ।
आरेन डिसिल्वाले खेलको १६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डिसिल्वाले नै २४ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६९ औँ मिनेटमा डिसिल्वाले फेरि गोल गर्दै ह्याट्रिक पूरा गरे ।
३ खेलमा १ अंक मात्र जोडेको आर्मी समूह चरणबाट बाहिरिएको छ । हैदराबाद खेल जिते पनि समूह चरणबाट बाहिरियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया