मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता

मकवानपुर- नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेटौंडा उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता गरेको छ ।
उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृ शिशु कक्ष निर्माण गर्न औपचारिक सम्झौता गरेको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । सम्झौता अनुसार उपमहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ । तीन किस्तामा प्रदान गरिने उक्त रकमबाट अस्पताल व्यवस्थापनले ठेक्का मार्फत आउँदो चैत्रसम्ममा भवन निर्माण सम्पन्न गर्नुपर्ने छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत हेटौंडा अस्पताल सञ्चालन भए पश्चात स्वास्थ्य सेवा प्रवाहमा सुधार हुँदै गएको र सेवा लिनेहरूको संख्या अघिल्लो वर्षहरूको तुलनामा दोब्बर बढीले स्वास्थ्य सेवा लिएको बताए । चालु आर्थिक वर्षमा एक तल्ला पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरे बमोजिम हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको उपस्थितिमा हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रशाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरका विभिन्न वडाहरूका अध्यक्षहरू, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिबहादुर खड्का, विकास समितिका सदस्य उत्सव चौलागाईंसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख लामाले व्यवस्थित अस्पताल सञ्चालन गर्नसके उपचारका लागि बाहिर जिल्ला जानुपर्ने अवस्थाको अन्त्य हुने बताइन् ।
हेटौंडामा मातृ शिशु अस्पताल सञ्चालन गर्न पहिलो चरणको काम सुरु गरेको लामाले बताइन् । सम्झौता अनुसारको भवन तल्ला निर्माण अस्पताल विकास समितिले बोलपत्र आह्वान गरी ठेक्का मार्फत निर्माण गर्नेछ । निर्मित संरचनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण एवं अभ्यास कक्षका रूपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया