बागमती प्रदेश : बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

मकवानपुर- बागमती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि उनलाई सत्तासीन दलले यो निर्णय गरिसकेको थियो ।
याेसहित बैठकले विभिन्न १२ वटा निर्णयहरू पनि गरेको छ ।
बैठकले बागमती प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आव्हान गर्ने निर्णय गरेको छ । बैठकले बागमती प्रदेश सरकार कार्य विभाजन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० स्वीकृत सम्बन्धमा पनि निर्णय गरेको छ ।
यसैगरी प्रदेशको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने निर्णय गरेको छ ।
प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा पनि निर्णय गरेको छ ।
प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०८० स्वीकृति गरेको छ ।
प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत गरेको छ भने विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति दिने भएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया