सोमबार ७,१३५ संक्रमणमुक्त, १८५ को मृत्यु

काठमाडौँ : सोमबार सात हजार १ सय ३५ कोभिड-१९ का संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४ सय ८३ जना निको भइसकेका छन् । २४ घण्टामा एक सय ८५ संक्रमितको मृत्यु भएको छ । कुल छ हजार ५ सय ३१ संक्रमितको मृत्यु भइसकेको छ ।
२० हजार ४ सय ५३ परीक्षण गर्दा सात हजार ४ सय २५ जना संक्रमण देखिएको छ । २९ लाख ३६ हजार ३ सय १४ जनाको परीक्षण गरिसकेको छ । मुलुकभर पाँच लाख २० हजार ४ सय ४ सय ६१ संक्रमित छन् ।
सक्रिय संक्रमित एक लाख १५ हजार ४ सय ४७ छन् । पछिल्लो समय संक्रमणमुक्त हुने दर ७६.६ प्रतिशत रहेको छ । देशभर क्वारेन्टाइन बस्नेहरूको संख्या ९ सय २४ छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया