कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको छः योगेश भट्टराई
काठमाडौँ–एमाले नेता तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले कोशी प्रदेश सभामार्फत संविधानमाथि आक्रमण भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् भट्टराईले यस्तो बताएका हुन् ।
‘कोशी प्रदेशमा फेरि एकपटक संविधानमाथि आक्रमण भएको छ,’ उनले भने, ‘केही दिन अगाडि सभामुख जस्तो स्वच्छ, स्वतन्त्र, तटस्थ बस्नुपर्ने पदको व्यक्तिलाई हस्ताक्षर गर्न लगाएर सरकार बनाउने काम भयो । अदालतले त्यो असंवैधानिक भन्यो । फेरि आज, सभामुखको आसनमा बसेको व्यक्तिले बराबर मत भयो भने निर्णयक मत दिने हो । आफैँ सभामुखको कुर्सीमा बसेर अन्तिम अवस्थामा मतदान गर्न जानु संविधान माथिको ठाडो हस्तक्षेप हो ।’
उनले अगाडि भने, ‘त्यसकारण नेकपा एमाले यसको विरोध गर्छ । यो संविधान हामीले बनाएका हौँ । यसको रक्षा गर्ने सम्वर्द्धन गर्ने, यसलाई अगाडि बढाउने दायित्व पनि हाम्रो हो । त्यसकारण कोशी प्रदेश सभामा जे खालका गतिविधि भए यो नेपालको इतिहासमा असाध्यै निन्दनीय घटना भएको छ ।'
लामो समयदेखि अवरुद्द संसद सुन तस्करी प्रकरणमा आयोग बनाएर छानबिन गर्ने सहमति भएपछि आजैबाट सुरु भएको थियो ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया