उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा गएर नरोकियोस् : देवेन्द्र पौडेल

काठमाडौँ–नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले सुन प्रकरणको छानबिन गर्न बन्ने उच्च स्तरीय समितिको अनुसन्धान प्रतिवेदनमा सिमित नहोस् भनेर सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठको विशेष समयमा बोल्दै सांसद् पौडेलले यस्तो बताएका हुन् ।
‘जुन प्रकारको उच्च स्तरीय छानबिन समिति बनाउने सहमति भएको छ,’ उनले भने, ‘यसको स्वागत गर्दै प्रतिवेदन देखि प्रतिवेदनमा गएर अल्झने र यी घटना रोक्ने काम नहोस् ।’
प्रतिवेदन बनिसकेपछि सम्बन्धित निकायहरूले अगाडि बढाएका कामहरू रोक्ने र तिनको मनोबल गिर्ने काम नगर्न पनि उनले अनुरोध गरे । देशका अन्य अनुसन्धान गर्ने निकायहरूलाई अझै बलियो बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।
आम नागरिकमा छानबिन समितिको नाममा भइरहेको अनुसन्धान कतै बीचमा हराउने हो कि भन्ने चिन्ता भएको समेत उनको भनाइ छ ।
लामो समयपछि संसद सुचारु भएकाले अब यसले निर्माण गर्न बाँकी रहेका कानुनहरू निर्माण ध्यान दिनसमेत उनले सुझाव दिए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया