गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीले मागे सरकारको जवाफ

काठमाडौँ - नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यस बारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गरेका हुन् । उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वाभाविक र अराजक गतिविधि गरेर दूषित बनाउन खोजिएको बताए । उनले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताए । उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए । नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बताए ।
उनले भने, ‘केही दिनअघि धरानमा अस्वाभाविक र अराजक घटना भयो । यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ । नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहु भाषिक मुलुक हो । परापूर्वकालदेखि यहाँ विभिन्न विविधता, एकता, श्रद्धा छ । सबै समुदाय जिम्मेवार भएर आफ्नो आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको परम्परा छ । वैदिक सत्य सनातन धर्म परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, समुदाय, परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्दत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई थाहा छ । नेपालको कानुनले पनि शान्तिपूर्ण ढंगबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय छ । वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ । यो गलत मनसाय बोकेका नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकलाई समाजले निगरानी गर्दै हाम्रो विषमतालाई जोगाइराख्न आग्रह गर्छु । नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएको छ । यो घटनाको बारेमा के भइरहेको छ ? गृहमन्त्रालयको ध्यानार्षण गराउन चाहन्छु । साथै के गरिरहेको छ ? मन्त्रालयले जानकारी गराउन आग्रह गर्छु ।’
सांसद भण्डारीले नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दुःख व्यक्त गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया