कोभिड नियन्त्रण गर्न र खोप किन्न ३२ अर्ब २८ करोड ऋण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ : सरकारले कोभिड नियन्त्रण रोकथाम तथा खोपका लागि ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
सोमबार मन्त्रालयमा भएको भर्चुअल पत्रकार सम्मेलनमा ऋण सहाययता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्व बैंकबाट तीन अर्ब ४८ करोड सहायता प्राप्त भएको उनले जानकारी दिए ।
खोप व्यवस्थापनका लागि ९ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउने क्रममा रहेको मन्त्री त्रिपाठीको भनाइ छ । कोभिड-१९ को खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले जानकारि दिए ।
'कोभिड संक्रमण सुरु भएपछि विभिन्न राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरूबाट आर्थिक तथा प्राविधिक सहायता प्राप्त भइरहेकोले मन्त्रालयको तर्फबा हार्दिक आभार व्यक्त गर्दछु,' उनले भने ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया