थारुहट आन्दोलनका कैदी बन्दीलाई जेलमुक्त गरियोस् : सांसद चौधरी
काठमाडौँ–प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले थारुहट आन्दोलन राजनैतिक आन्दोलन भएकाले यस घटनामा थुनामा परेका बन्दीहरूलाई रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो माग गरेका हुन् ।
‘आज टीकपुर घटनाको आठ वर्ष भयो,’ उनले भने, ‘धेरै थारुहरू जेल जीवन बिताइरहेका छन् । केही थारुहरू देश बाहिर र देश भित्र लुकिछिपी रहिरहेका छन् । उहाँहरूलाई छाडदिन म जोडदार माग गर्दछु ।’
राजनैतिक आन्दोलनका कैदी बन्दीलाई तत्काल रिहा नगरे उनीहरू फेरि जुर्मुराउनेसमेत उनले बताए ।
‘थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो,’ उनले भने, ‘आफ्नो हक अधिकार, पहिचान र भूगोलको लागि आन्दोलन भएको थियो । त्यसैकारण थारुहरूलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रुपमा थारुहरू फेरि जु्रमुराउन सक्छन् । यसैकारण छिटोभन्दा छिटो थारुहरूलाई जेलमुक्त गर्न अनुरोध गर्दछु ।’

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया