'एक भगवत् गीता'को 'मायालाई चिनो'

काठमाडौँ- आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक भगवत् गीता'को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत 'मायालाई चिनो'मा सिनेमाका मुख्य २ पात्र धिरज मग र सुहाना थापाको केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ ।
सिनेमाको सार्वजनिक गीतमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई भिडियोमा बुनिएको छ । कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको हो ।
शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर सुन्न सकिन्छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा धिरज र सुहानाका अलावा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको सिनेमामा सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।
सुनिल कुमार थापाको निर्माण तथा झरनाको सहकार्यमा निर्माण भएको चौथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया