हलमा ‘महानगर’ र ‘जय हो’, विदेशी फिल्मको भिडमा हराउने डर

काठमाडौँ - नेपाली फिल्मको रिलिज तोक्ने बेलामा निर्माताहरू विदेशी फिल्मको क्यालेन्डर हेर्छन् । अर्थात् आफूले ताकेको मितिमा कत्तिको वजनदार विदेशी फिल्म आउँदैछ ? तर कहिलेकाहीँ दुई दिन हप्ता अगाडि नै रिलिज भएका चलचित्रले पनि हल छाड्दैनन् । यसपछि नेपाली फिल्मले पाउँछन्, उही बचेखुचेका अफ टाइम सो ।
शुक्रबारबाट हलमा लागेका ‘महानगर’ र ‘जय हो’ले यही नियति भोगेका छन् । छन्लाई शुक्रबार बलिउडका ठूलो हिरोको ठूलो फिल्म रिलिज भइरहेको थिएन तर दुई हप्ता अगाडि रिलिज भएका बलिउड फिल्मले नै ठाउँ नछाडेपछि आजबाट प्रदर्शन थालेका दुई नेपाली फिल्म चेपुवामा परेका छन् । यिनले एक त पर्याप्त सो पाएका छैनन्, पाएका सो पनि बेला न कुबेलाका ।
दुई हप्ताअघि रिलिज भएका ‘गदर २’ र ‘ओएमजी २’ नेपालका हलमा जरो गाडेर बसेका छन् । अनि आजै बलिउडको ‘ड्रिमगर्ल २’ पनि रिलिज भएको छ । आज नै एउटा अंग्रेजी सिनेमा पनि रिलिज भएको छ । त्योभन्दा तीन हप्ता अघि रिलिज भएको ‘रकी और रानीकी प्रेम कहानी’ पनि हलमा टिकेकै छ ।
यसरी अहिले नेपालका हलमा १० वटा फिल्म फिल्म चलिरहेका छन् । ‘महानगर’ विदेशमा धेरै फेस्टिभल घुमेपछि नेपाल आएको हो भने ‘जय हो’ फिल्म बनाउने फ्याक्ट्रीको रुपमा परिचित शोभित बस्नेतले निर्माण गरेको चलचित्र हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया