फिफाको वरीयतामा नेपाली महिला टिम यथावत

काठमाडौँ- नेपाली महिला फुटबल टिमको फिफा वरीयता यथावत रहेको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १ सय १ औँ स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियाली मुलुकमा भारत ६१ औँ, बंगलादेश १ सय ४२ औँ, श्रीलंका १ सय ५३ औँ, पाकिस्तान १ सय ५७ औँ, माल्दिभ्स १ सय ६० औँ तथा भुटान १ सय ६९ औँ मा रहेका छन् ।
स्विडेन शीर्ष स्थानमा हुँदा फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन भने दोस्रो स्थानमा उक्लिएको छ ।
अमेरिका भने तेस्रो स्थानमा झरेको छ । फिफा विश्वकपमा उपविजेता बनेको इंग्ल्यान्ड चौँथो स्थानमा यथावत रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया