कोशीमा एमालेको नेतृत्वमा सहमतीय सरकार बन्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संविधान उल्लंघन गरेकोमा दु:ख लागेको भन्दै अब एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने दाबी गरे । ओलीले अहिले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वेष फैलाउँदै मुलुकलाई अस्थिरताको परिस्थिति सिर्जना गर्न खोजिएको जिकिर गरे ।
केन्द्रमा एमालेको ध्यान सरकारमा बनाउन नभइ राजनैतिक स्थिरता, स्थायित्व प्रदान गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा रहेको ओलीले बताए । उनले संविधान कार्यान्वयन, मुलुकमा सुशासन, आर्थिक विकासका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरू मिलेर जानुपर्ने उल्लेख गरे ।
एमाले अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले पूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया