विष्णुपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई नियन्त्रणमा लिएको छ ।
घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले नियन्त्रणमा लिएपछि बिरामी परेका अध्यक्ष यादवलाई राजधानीकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
पालिका अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले गत ३१ साउनमा पक्राउ गरेको थियो ।
पक्राउ परेका यी दुवैले अध्यक्षकै इसारामा घुस लिएको बयान दिएका छन् । सोही सन्दर्भमा सोधपुछका लागि अध्यक्षलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
गत साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा घुसका रूपमा २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।
विष्णुपुर गाँउपालिकामै गत असार २४ गते कामै नभएको एउटा सडक योजनामा ७९ लाख ७८ हजार रुपैयाँ आफूखुसी भुक्तानी दिइएको समेत खुलेको छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादव अख्तियारको कारबाहीमा पर्ने सप्तरीका तेश्रो पालिका प्रमुख रहेका छन् ।
यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता पक्राउ परी निलम्बित पनि भइसकेका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया