मुख्यमन्त्री चौधरीद्वारा किवानिसको कार्यक्रम बहिष्कार

बुटवल- नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिस क्लबको कार्यक्रम बहिष्कार गरेका छन् ।
मुख्यमन्त्री चौधरीले रूपन्देहीको भैरहवामा शुक्रबार भएको किवानिस नेपालको पाँचौं डिष्ट्रिक महाधिवेशनको उद्घाटन समारोह बहिष्कार गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री चौधरी सहभागी थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेर हिँडेको उनको सचिवालयले जनाएको छ ।
नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेपछि कार्यक्रम आयोजक अन्योलमा परेका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया