जल पर्यटनको उजागर गर्न बागमतीमा जलयात्रा

काठमाडौँ- बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए ।
काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।
बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाई समेत गरेका थिए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया