स्थानीय प्रशासनले भन्याे- एक हप्तासम्म मुक्तिनाथ भ्रमणमा नजानू

म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले झरी कारण सो सडक खण्डका विभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन अनुरोध गरेको
‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
सो सडक हुँदैमुक्तिनाथ देखि माथिल्लो मुस्ताङसम्म यात्रा गरिने गरिएको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया