छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

कृष्णनगर (कपिलवस्तु)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपाया दिगो व्यवस्थापन गरिने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित छाडा चौपाया व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा प्रदेशमा छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाइन समेत मुख्यमन्त्री चौधरीले जानकारी दिए ।
उनले लुम्बिनी प्रदेशस्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका एक सय नौवटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापन गरिने बताए । अहिले छाडा गाई सबैभन्दा बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर अघि बढ्ने गरी योजना बनाइने पनि उनको भनाइ छ । 'छाडा चौपाया व्यवस्थापनका लागि एक विज्ञ समूह बनाई यही महिनाभित्रै व्यवस्थापन सुरु गरिनेछ,' उनले भने ।
प्रदेशसभा सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री विष्णु पन्थीले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै योजनाका साथ काम गर्ने बताए । जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीरका साथ लाग्ने पनि उनले स्पष्ट पारे ।
अन्तरक्रिया व्यवस्थापन गरेको बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा यो समस्या तत्काल समाधान गरिनुपर्ने धारण राखे । सो अवसरमा बोल्ने अधिकांशले छाडा चौपाया गाईलाई कपिलवस्तुको बुद्धभूमि नपाको तीनघरवा जङ्गलमा तारबार गरी राख्न सुझाव दिए ।
छाडा चौपाया व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा १० वटा पालिकाका जनप्रतिनिधि, वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया