कोभिड-१९ संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

बाँके : कोभिड-१९ संक्रमणबाट बाँकेमा शनिबार एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई कार्तिक २८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । कार्तिक २९ गते कोभिड रिपोर्ट पोजेटिभ आएपछि आफन्तको अनुरोधमा उनलाई मंसीर १ गते भेरी अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत सबै उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएकी उनको शनिवार मृत्यु भएको हो । योसँगै बाँकेमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया