बलिउडमा सलमान खानको ३५ वर्ष

मुम्बई- बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्ट २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन् ।
अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले मैने प्यार किया, बागी, सनम बेवफा, पत्थर के फूल, साजन जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरे र बलिउडलाई एकपछि अर्को धेरै हिट फिल्म दिए।
अभिनेता सलमान खानले अभिनय संसारमा ३५ वर्षको यात्रा पूरा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । सलमान खानले आफ्ना फिल्मका केही दृश्यहरूको कोलाज भिडियो सेयर गरेका छन्, जसमा उनका फिल्मका केही चर्चित संवाद र गीतका स्टेपहरू छन्।
भिडियो सेयर गर्दै सलमानले लेखेका छन्, ‘३५ वर्ष ३५ दिन जस्तै भयो, मायाको लागि धन्यवाद।’
सलमान खानको यो भिडियोलाई फ्यानहरुले धेरै माया गरिरहेका छन् । एकजनाले कमेन्ट गरे, ‘यहाँ कहिल्यै अर्को सलमान खान हुन सक्दैन।’
अर्का फ्यानले लेखेका छन्, ‘म बुढो भए पनि सलमान खान सधैं मेरो मनपर्ने हुनेछन्।’
यसबाहेक एक प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड उद्योगमा ३५ वर्ष पूरा गरेकोमा बधाई र हामीलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद ।’

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया