कोशीमा सहमति गरेर राप्रपालाई पनि संसदीय समितिको सभापति दिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौँ- ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको निर्वाचन हुन लागेको हो ।
१० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरिएको छ । आज बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
१० वटा समितिमध्ये सरकारको नेतृत्व गरेको नेकपा माओवादीको भागमा दुई वटा समितिको सभापति परेको छ । भागबण्डामा दुई वटा समितिमा सभापति परेपछि माओवादीले दुई उम्मेदवार चयन गरिसकेको छ । जसमध्ये सिन्धुपाल्चोक प्रतिनिधिसभा १ बाट निर्वाचित माधव सापकोटा सुबोध र नुवाकोटकी समानुपातिक सांसद विमला सुवेदी ।
सापकोटालाई पूर्वाधार विकास समिति सभापति र सुवेदीलाई कानून न्याय तथा मानव अधिकार समिति उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको छ । सापकोटाले भने सभापति विकास समितिको सभापति हुन खासै मतलब गरेका छैनन् ।
त्यस्तै सत्ता साझेदारी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।
तर राजनीतिक घटनाक्रम अहिले मोडिएको छ । संसदीय समितिमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि एउटा समितिको सभापति दिने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अघि बढाएका छन् ।
उक्त छलफलपछि कांग्रेस र माओवादीले एउटा समिति छाड्नुपर्ने हुन्छ । कांग्रेसले समिति छाड्न नमानेको नेकपा माओवादीका एक सांसदले इकागजलाई जानकारी दिए ।
'कांग्रेस एउटा समिति छाड्न नमानेपछि माओवादीको भागमा आएको एउटा समिति राप्रपालाई दिनेगरी प्रधानमन्त्रीज्यूले छलफल अगाडि बढाउनु भएको छ' ति सांसदले इकागजसँग भने । ति सांसदका अनुसार राप्रपालाई एउटा समिति सभापति दिएर कोशी प्रदेशमा सहमति गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेशमा सहमति गर्ने भनिएपछि माओवादी सांसद सापकोटाले आफ्नो भागमा परेको विकास समिति सभापति छाड्न तयार रहेको जानकारी प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको ति सांसदले इकागजलाई जानकारी दिए ।
कोशीमा सत्तागठबन्धनले सरकार गठन गर्न नसकिरहेको अवस्थामा सापकोटाले आफूले त्यागेर राप्रपालाई दिन तयार भएको पार्टीलाई जानकारी गराइसकेका छन् । तर छलफलमा राप्रपाले भने कानून न्याय तथा मानव अधिकार समितिको सभापति चाहिने बताएको छ ।
संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबण्डा गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा समितिको भागबण्डामा परेका थिएनन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया