एमालेद्वारा दुई वटा संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ- नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेलको प्रस्तावकमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेकी छिन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेकी छिन् ।
संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ । समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सार्वजनिक लेखा समितिको सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानुनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताए ।
उनले समितिले दिएका निर्देशन मान्नु सरकारको कर्तव्य भएको बताए । समितिको नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया