आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ललिता निवास जग्गा प्रकरण: २९० जनालाई प्रतिवादी बनाएर अभियोजनपत्र दायर

फाइल फोटो

काठमाडौँ - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको छ ।

आइतबार किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए । संगठीत अपराधको मागदावी देखिएको अवस्था नरहेकाले किर्तेसम्बन्धी मुद्दामा अभियोजनपत्र दायर गरिएको उनले बताए । 

त्यस्तै तत्कालिन अवस्थामा संगठित अपराधसम्बन्धी कानुन नै नभएको र संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्रै आएकाले पहिले भएको घटनामा पछि आएको कानून लगाउन नमिल्ने भएकाले संगठित अपराधको मुद्दा नचलाएको खत्रीले जानकारी दिए । 

उक्त प्रकरणको प्रतिवादीमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगाएत छन् । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाइएको छ ।