पेस्तोलसहित बूढानीलकण्ठबाट एक जना पक्राउ

काठमाडौं - प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ।
श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए। त्यस प्रकरणमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटका थिए।
अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया