एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

काठमाडौँ - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडौँ ताहाचल, मान्टारबाट शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए । रासस

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया