परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेका छन् : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरू र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताएका हुन् । अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।
मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्परिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनकाे भनाइ छ । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरूपता ल्याउन र मुलुकको हित हुने गरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले सबै दलको सहमतिमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया