अब फेरि एसपीपी सम्झौताको तयारी हुँदैछ : झलनाथ खनाल
एमसीसी सम्झौता देशको हितमा गरिएको थियो भने किन दस्ताबेजहरू लुकाइयाे ?

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । उनले एमसीसी सम्झौता, इमान्दारितापूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको हो भने किन दस्ताबेजहरू लुकाएको भन्दै प्रश्न गरे ।
‘एमसीसी सम्झौता, इमान्दारितापूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरू लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसी भित्र के के समस्या छन् भन्ने कुरा स्पष्ट रूपमा राखेका छौँ,' उनले भने, 'नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन् । एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’
पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया