यती, वाइडबडी, गिरीबन्धुलगायतका प्रकरणको छानबिन गर्न सरकारलाई ओलीकाे चुनौती

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानबिन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौँमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै मुछिएकाले छानबिन प्रभावकारी हुन नसकेको आरोप लगाएका हुन् । उनले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको पनि तर्क गरे ।
यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगायतका प्रकरणको छानबिन गर्न सरकारलाई चुनौती दिँदै ओलीले उक्त प्रकरण छानबिन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरू मुछिने बताए । सत्तामा भएकाहरूले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ ।
ओलीले आफ्नो पार्टी कमीसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको जिकिर गरे । उनले तत्कालीन अवस्थामा बदनाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको आरोप लगाइएको पनि बताए ।
अध्यक्ष ओलीले नेकपालाई अदालतले विघटन गरेको सही नभएको बताए । नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उनले बताए । त्यसपछि पनि विभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया