कम्युनिस्टहरू एक ठाउँमा आउनै पर्छ : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका हुन् । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने जिकिर गरे । उनले प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने बताए । उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभइ सैन्य मोर्चा रहेको उल्लेख गरे ।
विप्लवले नेपालमा राजनीतिक अन्तरविरोध फेरिएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरिकी साम्राज्यवादविरुद्ध रहेको बताए । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया