गण्डकीको पहिलो पञ्चवर्षीय योजनामा न्यून काम, दोस्रोको तयारी

पोखरा- गण्डकी प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योजना २०७६ सालमा सार्वजनिक भयो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको पहिलो पञ्चवर्षीय योजनाले लिएका २६ समृद्धिका सूचकमध्ये १० वटामात्रै प्राप्त हुने अवस्था देखिएको छ भने बाँकी प्राप्त हुन निकै सकस छ । ९ सूचक कुनै हालतमा प्राप्त हुन नसक्ने देखिएको छ भने १ सूचकको तथ्यांक नै भेटिएको छैन । आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योगको योगदान लगायत सूचक पूरा नहुने लगभग निश्चित छ ।
यस्तै, गण्डकीमा बाल मृत्युदरको अवस्था अझै भयावह रहेको र सरकारी प्रयासबाट न्यूनीकरण हुन नसकेको नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । उनका अनुसार सुखका १२ सूचकमध्ये एउटा सूचकमात्रै पूरा हुने अवस्थाको छ भने अन्य सूचक पूरा गर्न नसकिने अवस्थामा छ ।
पञ्चवर्षीय योजनामा फेवातालको संरक्षण र सौन्दर्यकरण, पोखरा–डेढगाउँ दुम्कीवास त्रिवेणी सडक, उत्तरगंगा जलाशययुक्त जलविद्युत्, कास्की र तनहुँको बीचमा पर्ने तल्लो पुडिटारमा प्रदेश औद्योगिक क्षेत्रको स्थापना र मृगौला तथा क्यान्सर रोगको उपचार गर्ने विशिष्टीकृत अस्पताल स्थापनालाई ‘प्रदेश रुपान्तरणकारी आयोजना’ मा राखिएको थियो ।
पञ्चवर्षीय योजनामा राखिएका मध्ये अधिकांश पहिलो पञ्चवर्षीय योजनाको समयावधि सकिन लाग्दा अधिकांशमा लक्ष्य प्राप्ति भएन । कतिसम्म भने आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गर्ने भनिएको उत्तरगंगा जलविद्युतको त काम नै सुरु भएन । प्रदेश सरकारले पहिलो ५ वर्षमा ८० किलोमिटर रेलमार्ग विस्तार गर्ने लक्ष्य लिएको थियो । उक्त लक्ष्य प्रचारमा मात्रै सीमित भएको छ । समग्रमा गण्डकीको पहिलो पञ्चवर्षीय योजनामा न्यून काम भए ।
गत हप्ता पञ्चवर्षीय योजनाको समीक्षासहित दोस्रो पञ्चवर्षीय योजनाका लागि विज्ञहरूको सुझाव संकलन गरिएको थियो । पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले गण्डकीमा सही तथ्यांक नभएका कारण राम्रो योजना बन्न नसकेको बताए । ‘आइसोलेसनमा योजना बनाएर कार्यान्वयन कहाँ गर्ने हो ? गण्डकीसँग पर्याप्त तथ्यांक पनि छैन,’ उनले भने, ‘जति सही तथ्यांक हुन्छ, उति राम्रो योजना बन्छ । त्यसैले द्रुत गतिमा तथ्यांकको खोजी गर्नुपर्छ ।’ प्रदेशको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स) मा आधारित रहेको भन्दै काफ्लेले बिस्तारै नेपालको राजनीति पनि विदेशमा रहेका नेपालीबाटै निर्देशित हुने अवस्था आइसकेको तर्फ ध्यानाकर्षण गराए ।
डा. सोमलाल सुवेदीले ३ तहको सरकारबीच अन्तरसम्बन्ध नभएका कारण संघीयता कार्यान्वयनमा बढी समस्या देखा परेको तर्क गरे । ‘हाम्रा कामहरू विकेन्द्रीकरणभन्दा अझै बढी केन्द्रीकृत भएको छ । सिंहदरबारमा पानी पर्दा प्रदेशमा छाता ओढ्ने अवस्था छ,’ उनले भने, ‘संविधान राम्रो बनेर मात्रै संघीयताले फल दिने होइन । राजनीति पनि संघीयता अनुसार चल्नुपर्छ ।’ सुवेदीले राजनीतिक दलहरू संघीयताको मर्मअनुसार चल्न नसकेको टिप्पणी गरेका छन् । यस्तै, समुदाय विकास कार्यक्रमलाई प्रदेश संरचनाले प्राथमिकताका साथ लागु गर्नुपर्नेमा उनको जोड छ । आगामी पञ्चवर्षीय योजना निर्माण गर्दा संघीयता संस्थागत गर्ने र संघीयतामा जनताको विश्वास बढ्ने कार्यक्रमलाई रोज्न उनको सुझाव छ ।
राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. मीन श्रेष्ठले योजना राम्रो बन्दैमा देश राम्रो नबन्ने बताए । ‘योजना राम्रो बन्ने, लक्ष्य पनि राम्रो बन्ने तर बजेटमा तालमेल नहुँदा समस्या भएको छ,’ उनले भने, ‘त्यसैले हामीले मध्यमकालीन खर्च संरचनाको विधि अपनाएका छौं । पहिले देखाउनका लागि मात्रै यो बनाएको जस्तो भएको थियो, बिस्तारै यो यथार्थपरक र उपलब्धिमूलक बनाउनुपर्छ ।’ उनले पहिलो योजनादेखि अहिलेसम्म खासै परिवर्तन नआएको बताए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदानमा आधारित बजेटबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिने भन्दै प्रदेशभित्रै नयाँ स्रोतको खोजी गर्न विज्ञ समूहले सहयोग गर्नुपर्ने बताए । ‘८५ प्रतिशत बजेट अनुदानको भरमा छ । विगतका कमजोरी सुधार्नेतर्फ हाम्रो ध्यान हुनुपर्छ । तर, यति ठूलो अनुदानबाट हामीले सोचेको विकास कसरी गर्न सक्छौं ?’ उनले भने, ‘अब आत्मनिर्भर अर्थतन्त्रको मोडलबाट काम गर्नुपर्छ । त्यसका लागि सुझाव दिनुस् ।’ उनले गण्डकीमा पर्यटन, ऊर्जा र कृषिमा नै जोड दिने गरी योजना तयार हुने बताए ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_beHf2R2zal_4uuebmgzctxqhtkq6ioc4wmxaeqfql6qwl3hdgynscjsk4p2a7v6sjrwsfnn.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया