मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

गौ हत्याको विरोधमा राप्रपाले आज देशभर ज्ञापन पत्र बुझाउने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ ।  

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।