सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

आजदेखि भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान सुरू

रुपन्देही- नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ।

भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय विमानस्थलवाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ  ।

उनका अनुसार भैरहवाबाट बिहान ८:१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

जसका लागि एनएसीले गत भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।