सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बस्दै
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ । सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आज संसदीय दलको बैठक बोलाइएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । प्रदेश सरकारमा एमालेको तर्फबाट सहभागी तीन जना मन्त्री सबै माधव नेपाल पक्षका हुन् ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया