एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्तिलाई सरकारले छुट दिँदैन : प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहु साँस्कृतिक मुलुक भएकाले एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्तिलाई सरकारले छुट नदिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रतिनिधिसभा सांसद न्यौपानेले प्रधानमन्त्रीलाई हामीले जितेमा जातीय राज्य उपलब्ध गराउने छौँ भन्ने भनाइ संविधान विपरीत भएन भन्दै प्रश्न गरेकी थिइन् ।
‘परापूर्वकालदेखि यहाँ कायम रहि आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ,’ उनले भने, ‘सामाजिक सद्भावमा खलबल पार्ने वा एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेष पूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै पनि हालतलाई छुट दिन सक्दैन ।’
प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘बहुजातिय, बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदियौँ देखि विभिन्न जातजाति धर्म र वर्ण र संस्कृतिका जनताहरू आपसी सहकार्य सम्मान र गहिरो सद्भावका बारेमा मिलिजुली बस्दै आएका छन् । अनेकतामा एकता नेपालीमात्र को विशिष्टता र नेपाली समाजको आधारभूत चरित्र पनि हो । सबैको सह अस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र सम्वर्द्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो र दरिलो भइ साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ ।’

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया